समसामयिक महत्वपुर्ण सामान्य ज्ञान (लोक तथा शिक्षक सेवा तयारी कक्षा भाग-१२)

लोक तथा शिक्षक सेवा तयारी कक्षा

नारायण पौडेलनारायण पौडेल-

सगरमाथामा सबैभन्दा धेरै पटक आरोहण गरि किर्तिमान गर्ने व्यक्ति को हुन?

  • कामी रिता शेर्पा

२०७८ बैशाख २४ मा २५ औं पटक सगरमाथा आरोहण गरि कामीरिताले यस अघि आफ्नै नाममा रहेको किर्तिमानी आरोहण ब्रेक गरेका छन। हाल ५१ बर्षका कामिरिताले यस अघि २०७६ जेठमा २४ औं आरोहण गरेका थिए।

 

२०७८ बैशाखमा सम्पन्न त्रिदेशिय टि २० सिरिजको उपाधि कसले जित्यो?

  • नेपालले

बैशाख ११ गते त्रिदेशीय टि – २० शृखलाको फाइनलमा नेदरल्याण्डलाइ १४२ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि चुमेको हो। खेलमा नेपाल मलेसिया र नेदरल्याण्ड सहभागि थिए ।

धरहरा पुनर्निमाण पश्चात कहिले उद्घाघन गरिएको हो?

  • बि.स २०७८ बैशाख ११

धरहराको एतिहासिक महत्वलाइ कायम राख्दै आधुनिक र व्यवस्थित रुपमा निर्माण गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखीएपनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेस रहेको छ।२०७२ फागुन ४ मा मेरो धरहरा मै बनाउँछु अभियानको घोषणा गरि प्रधानमन्त्री केपी ओलीले २०७५ पुष ५ मा शिलान्यास गरेका थिए भने २०७८ बैशाख ११ मा आफै उद्घाटन समेत गरेका छन।धरहरा पुनर्निमाणको लागि ३ अर्ब ४८ करोडमा ठेक्का सम्झौता भएको थियो । वि.स १८८२ मा भिमशेन थापाद्वारा निर्मित ११ तले धरहरा ६१।८८ मिटर अग्लो थियो ।१९९० सालको भुकम्पका कारण क्षतिग्रस्त भएपछी प्रधानमन्त्री जुद्ध शमशेरले १९९० मा ९ तले बनाएका थिए ।

 

मेरो कित्ता प्रणालीको सुभारम्भ कहिलेबाट भएको हो?

  • २०७८ बैशाख २

प्रधानमन्त्री केपी ओलीले बैशाख २ गतेदेखी सुभारम्भ गरेको यो प्रणाली नक्सा प्लट, रजिष्टर, फिल्ड रेखाङकन निवेदन लगायतका सेवा अनलाइनबाट पाउने गरि संचालनमा ल्याइएको हो।यो प्रणाली कृषि उत्पादन र उत्पादकत्व लगायतका ‍पक्षसंग पनि सम्बन्धित छ ।

 

अमेरिकाको आर्थिक पत्रिका सिइओ वर्ल्डद्वारा सन २०२० मा प्रकाशित प्रतिवेदन अनुसार विश्वको सबैभन्दा महंगो मुलुक कुन हो?

  • स्विटजरल्याण्ड

सो सुचिमा दोस्रो महंगो नर्वे र तेस्रो स्थानमा आइसल्याण्ड छन भने नेपाल १२२ औं महंगोमा पर्छ । भने सबैभन्दा सस्तो देशमा पाकिस्तान पर्छ नेपाल ११ औं सस्तो देशमा परेको छ ।

 

२०७७ चैत्रमा भएको गैंडा गणनाअनुसार हाल नेपालमा कति गैंडा छन?

  • ७५२ वटा

हाल नेपालको चितवन रानीमा ६९४ बर्दियामा ३८ शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गरि ७५२ गैडा छन । २०७७ चैत्र ९ देखी २८ सम्म गणना गरी २८ मा सार्वजनिक गरिएको थियो । यस अघि सन २०१५ को गणनामा ६४५ गैडा थिए ।

 

सरकारले देशका कति स्थानमा बिद्युतिय चार्जीङ स्टेशन बनाउने भएको छ?

  • ७ प्रदेशका ५० स्थानमा

नेपाल सरकारले एडिवीको सहयोगमा मुख्य राजमार्ग बसपार्क र ठुला सहरहरुमा चार्जीङ स्टेसनहरु राख्नेछ । २०७८ चैत्रभित्रै चार्जिङ स्टेशनको निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता समेत गरिसकिएको छ ।

 

इन्धन चुहावट सम्बन्धी आइ.आर.पी को पुरारुप के हो?

  • इन्टरप्राइजेज रिसोर्स प्लानिङ

सरकारले इन्धन चुहावट नियन्त्रण गर्ने उद्देश्यले २०७८ बैशाख २ गते देखी आइ आर पि सफ्टवेयर प्रचलनमा ल्याएको छ ।यो लागु भएपछी इन्धन ढुवानी वितरण र लेखा प्रणालीलाइ सुधार गरी चुहावट नियन्त्रणमा सघाउ पुग्नेछ। यो लागु भएसंगै  देशभरका डिपोमा रहेको तेलको मौज्दात बाटोमा ढुवानी हुँदै गरेको परिमाण इन्डियन आयल कर्पोरेसनले दिएको तेलको परिमाण लगायत सबै तथ्यांक सफ्टवेयर मार्फत सजिलै जानकारि पाउन सकिने छ।

 

व्यक्तिगत घटना दर्तालाइ थप प्रभावकारी बनाउन कुन अवधीलाइ व्यक्तिगत घटना दर्ता सप्ताहका रुपमा मनाइन्छ?

  • बैशाख १ देखी ७ गतेसम्म

नेपाल सरकारले सन २०२४ सम्म जन्म र मृत्यु दर्तालाइ शतप्रतिशत पुर्याउने प्रतिबद्धता अनूरुप बि स २०७८ बाट बैशाख १ देखी ७ गतेसम्मलाइ घटना दर्ता सप्ताहका रुपमा मनाउन सुरु गरेको हो ।

२०७६ माघ २० को मन्त्री परिषदको बैठकले देशका कति स्थानलाइ ‍औद्योगिक ग्राम बनाउने निर्णय गर्यो?

  • ५ स्थानलाइ

डोटीको जोरायल गाउँपालिका-२, बझाङको तलकोट गाउँपालिका-६, ओखलढुंगाको मोलुङ गाउँपालिका-६ स्यांजाको चापाकोट नगरपालिका-९ र स्यांजाकै गल्याङ नगरपालिका १ लाइ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको थियो।

 

भर्चुअल मुद्राको सुरुवात कुन देशबाट भएको हो?

  • जापान

हाल विश्वमा Bitcoin, Litecoin, Cardano, Polkadot, Bitcoin Cash, Peercoin, Monero, Titcoin, Gridcoin  जस्ता भर्चुअल मुद्राहरु प्रचलनमा छन । नेपालमा भने राष्ट्रबैंकले भर्चुअल मुद्राको कारोबार अबैध मानेको छ ।

 

नेपाल सरकारद्वारा जनता आवास कार्यक्रमको सुरुवात कहिलेदेखी गरेको हो?

  • आव २०६६/०६७ देखी

सरकारले आव २०६६/६७ को बजेट तथा कार्यक्रम मार्फत सिरहा सप्तरी र कपिलबस्तुमा जनता आवास कार्यक्रमको सुरुवात गरेको । गरिबीको रेखामुनि रहेका नागरिकलाइ स्वस्थ तथा सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले सरकारले जनता आवास कार्यक्रम सुरु गरेको हो ।

 

सरकारले सार्वजनिक प्रशासनलाइ चुस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० बर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो?

  • वि स २०७७ चैत्र २५

सार्वजनिक प्रशासनको सुधारका लागि पहिलोपटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको हो। सबल संघियता सक्षम सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानिय तहको सवलीकरण तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यवसायिक सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरि सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको।

सरोकारवालामा संघियताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु जनप्रतिनिधि र कर्मचारीबिच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभवृद्धि गर्नु सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान जनशक्तिलाइ आकर्षण गर्नु र टिकाइराख्नु जस्ता बिषयलाइ योजनाका प्रमुख चुनौतिका रुपमा लिइएको।

 

मुक्तक विधालाइ समृद्ध बनाउन तथा जनस्तरमा विस्तार गर्ने उद्देश्यसाथ घुम्ती मुक्तक नेपालको स्थापना कहिले गरिएको हो?

  • वि स २०७७ चैत्र २७

 

अमेरिकी पत्रिका फोब्सले सन २०२१ अप्रिल ७ मा सार्वजनिक गरेको धनाट्य व्यक्तिको सुचिमा पहिलो स्थानमा पर्ने व्यक्ति को हुन?

  • जेफ वेजोस

विश्वका अर्बपतिको सुचिमा सबैभन्दा धेरै अमेरिकाका ७२४ जना र चिनका ६९८ जना अर्बपति छन भने भारतबाट १४० जना व्यक्तिहरु अर्बपतिको सुचिमा परेका छन। यो सुचिको १० नम्बरमा भारतका मुकेश अम्बानी परेका छन भने नेपालका विनोद चौधरी २१४१ मा परेका छन ।