अपर बलेफी हाइड्रोपावरमा लिदि बासीको माग पूरा नभएसम्म बन्द गर्ने

बराम्ची:जुगल गाउँपालिका वडा नं २ लिदि बस्तीको फेदीमा निर्माणधिनअपर बलेफी हाइड्रोपावरको इन्टेकमा स्थानीयहरुले विभिन्न माग राख्दै काममा अवरोध गरिएको छ।

निर्माणाधीन अपर बलेफी हाइड्रोपावरको इन्टेकमा स्थानीयहरुले विभिन्न माग राख्दै काममा अवरोध सृजना गरिएको हो।

हिजो स्थानीय चार पाँच जना युवा अगुवाहरुले हाइड्रोपावरको साइडमा उपलब्ध प्रतिनिधिको रोहवरमा स्थानीयको मागहरु लिखित रूपमा प्रस्तुत गरि सहमतिको आधारमा हस्ताक्षर सहितको दोहोरो कागज समेत तयार भएको स्थानिय युबा निमा दोङले बताए।

लिदिबासी स्थानीयहरु हाम्रो ठाउँमा यत्रो प्रोजेक्ट सन्चलन भइ रहदा स्थानीयले ज्यामी काम समेत गर्न नपाएको समुदायको विकास निर्माण मा सहयोग गर्न पटकपटक माग गर्दा पनि गाउँ कै अगुवा भनाउदाहरु निजि स्वार्थमा हाइड्रोपावर सग विक्न थालेको स्थानीयको आरोप छ।

गाउँलेहरु आएर हाइड्रोपावरको कर्मचारी कामदारहरु नै प्रभावित हुने गरि काम नै ठप्प पारेर भोलि यस्ता गतिविधिहरु कानुन सम्वत भएन भने के गर्नु हुन्छ स्थानीय सरकार लाई जानकारी छ कि छैन भन्दा हामी ले सबै तिर जानकारी गर्दा पनि हाम्रो माग को बेवास्ता भए पछि हामी बाध्य भएर यसरी विरोधमा उत्रिएका हौ गाउँ कै केही मान्छेले गाउँलेको मागलाई कुल्चेर गाउँले लाई केही थाहा नदिइ आफू खुशी आफ्नै ढंगले हाइड्रोपावर सग मिलेर काम गरेको आरोप लगाउदै गाउँले गाउँले बीच झडप भइ एकजना घाइते हुनु भएको छ।

हाइड्रोपावरको काम यसरी कहिले सम्म यसरी बन्द हुन्छ भनी सोध्दा जुन दिन हाइड्रोपावरको सम्बन्धित व्यक्ति आएर हाम्रो मागको सुनुवाइ नभए सम्म काम सुचारु गर्न नदिने स्थानीयले बताएँ।