कोभिड १९ विरुद्व लडन सबैलाई आग्रह, स्वयंसेवकका रुपमा खटिईन नेपाल

जुगल:आइसोलेशन केन्द्रमा सरसफाईको काम गर्नका लागि कोहि तयार नभएपछी एमाले नेत्री एवम जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठकि पत्नी शर्मीला नेपाल स्वयंसेवकका रुपमा खटिएकी छन ।

जुगल गाउँपालिका ५ स्थित रत्न राज्य माध्यमिक विध्यालयमा निर्मााण गरिएको आइशोलेसन केन्द्रमा सरसफाईको काम गर्दै आएकाले अचानक काम छाडे, आइसोलेशनमा सफाई को काम गर्न अरु कोही तयार भएनन ।

एमाले भातृ संगठन अनेेेमसंंघ बागमती प्रदेश समिति सदस्य समेत रहेकी अध्यक्ष पत्नी शर्मिला नाबालक छोरालाई ठुलोबाबुको जिम्मा लगाएर मंगलबार नै स्ववयंसेवक बनेर आइशोलेसनमा प्रवेेेश गरिन ।

विश्वव्यापी रूपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड- १९ महामारीबाट देशका करिब सबै बस्ती, क्षेत्र समुदाय प्रभावित छ। संक्रमणको दर र मृत्युदर अस्वाभाविक रूपमा बढिरहेको छ । हामीले चिनेजानेका नजिकका आफन्तहरू जीवनको ऊर्जाशिल उमेरमै मुत्युवरण गरेका हृदयविदारक दृष्य नजिकबाट देखिन थालेको छ । यसपालीको भाइरसको संक्रामक शक्ति अघिल्लो वर्षको भन्दा कडा देखिन्छ।

आधिकारीक घोषणा नभए पनि यो स्वास्थ्य संकटकाल हो। यस महामारीसंगको मुकाविलाको लागि व्यक्ति, परिवार, समुदाय, मुलुक र विश्व नै लाग्नु पर्छ । लागिरहनु भएको पनि छ । यो सबैको साझा सरोकारकोविषय हो । यसमा कसले के गरेन भनेर हेर्न थालियो भने धेरै कमिकमजोरी निकाल्न सकिन्छ । तर मैले कसरी योगदान गर्न सक्छु भनेर घोत्लियो भने सायद कुनै न कुनै योगदान गर्न सकिन्छ । जसले महामारी न्युनिकरणमा एउटा इट्टा थप्नेछ।

जुगल गाउँपालिकाको रत्नराज्य आइसोलेसन केन्द्र चनौटेमा पहिलो सिफ्टमा (१४ दिन ) सफाइ कर्मचारीको रूपमा काम गरेर आफनो योगदान दिने निष्कर्षमा पुगेकी छु । आइसोलेसन व्यवस्थापन पक्षले यसका लागि अनुमति प्रदान गरेको छ । यो अवधिमा काम गरे वापतको कुनै पारिश्रमिक नलिने शर्तमा काम गर्न गइरहेकी छु ।

अग्रभागमा खटिएर  हाम्रो स्वास्थ्यका लागि अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूलाई सहज हिसावले काम गर्न सक्ने वातावरणका लागि सबैले सकेको सहयोग गर्न सके हामी छिट्टै पूर्ववतः अवस्थामा फर्कनेछौं ।
के तपाई तयार हुनुहुन्छ ? कोरोना बिरूद्धको लडाइमा भूमिका खोजेर निर्वाह गर्न राजि हुनु हुन्छ ? मैले त सुरू गरे । आफनो स्वास्थ्यको ख्याल गरौं । परिवारलाई माया गरौं । सबैको भलो सोचौं ।