कोभिड १९ बिरूद्ध होसियारी रहन जिल्ला प्रहरी कार्यालय सिनधुपाल्चोकको अनुरोध

चौतारा:सिन्धुपाल्चोक जिल्लामा पनि कोभिडका नयाँ भेरियन्ट भाईरसहरु दिनानुदिनरूपमा बढिरहेकोले कोभिड बिरूद्ध होसियारी हुन र सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय सिनधुपाल्चोकले अनुरोध गरेको छ।

जिल्लाभरि नै औषधि पसलबाहेक कुनै पनि पसलहरु सञ्चालनमा नआएको र सुरक्षालाई थप कडा गर्दै लैजाने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । जनताको सर्बोपरि हितको लागी गरिएको कार्य अहिलेको समय सापेक्षित रहेको उनले बताए ।

जिल्लाबासीले उच्च मनोबलका साथ सुरक्षाको मापदण्डलाई पालना गर्नुसमेत प्रहरीले अनुरोध गरेको छ । अटेर गरि नियमको उल्लंघन गर्नेहरुलाई संक्रमण ऐन २०२० अनुसार कार्वाहि गरिने जानकारी सापकोटाले बताए ।

बैशाख २६ गते सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको अध्यक्षतामा बसेको जिल्ला कोभिड- १९ संकट व्यवस्थापनसमितिको बैठकले कोभिडका संक्रमण फैलन नदिनको लागि समुदाय स्तरमा भेरियन्टहरु फैलन नदिनको लागि २६ गते बेलुकी ६ बजे देखि ३१ गते बेलुकी १२ बजेसम्म कायम रहने गरि जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा आदेश जारी गरेको छ।

कोरोना संक्रमणबाट प्रहरीको निधन

कोभिड-१९ संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ ।सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए ।
वैशाख १८ बाट महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार गराइरहेका पुरीको बिहीबार विहान निधन भएको अपराध महाशाखाका एसएसपी चन्द्रकवेर खापुङले रातोपाटीलाई बताए । अपराध महाशाखामा आउनुअघि उनी गृह मन्त्रालयमा कार्यरत थिए