कोरोनाको आशंकामा फेरिएको जीवनशैली

शुष्मा तिमल्सिना:दोस्रो प्रकार भेरियन्ट को कोरोना तिव्र गतिमा फैलिरहेको छ। यो कडा प्रकृति को हुनु सँगै बढ्ता सरुवा भएको विज्ञहरू बताउँछन्। एस्तो लाग्छ कि यसले हामी सबैको प्रतिरोध क्षमता को परीक्षण गर्ने छ । कतै एसले मेरो परीक्षण त गर्दै छैन ? मलाई अस्ति देखि एस्तो लागिरहेको छ तर मैले एसको परीक्षण भने गरेको छैन । तर मलाई जे जे भएको छ र मैले यसलाई पन्छाउन जे जस्ता उपाय अपनाउँदै छू तेसका बारे मा यहाँहरू सबै सँग शेयर गर्न चाहन्छू। ता कि यहाँहरू का अमूल्य सुझाव पनि पाउन र अपनाउन सकूँ।

मलाई के के भयो ?
१. शुरु मा मेरो देब्रे हात हलुका दुख्न थाल्यो। अनि त्यो दुखाई कम्मर देखि माथी को भाग मा फैलँदै गयो ।
२. घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने समस्या देखियो।
३. छाती पूरै मसीना धागाहरू ले बाँधे झैं अख्रक्क परेको महसूस भयो।
४. टाउको पूरै गह्रौं लाग्दै गयो र दुख्दै गयो।
५. ज्वरो विस्तारै बढ्दै गएर १०१ भन्दा माथी पुग्न खोज्यो।
६. उत्तानो पर्दा भन्दा कोल्टे या घोप्टो पर्दा सास फेर्न सहज भएको अनुभव।
७. सास तान्दा नौलो गन्ध को हावा तानेको अनुभव।

मैले के के गरें ?
मैले सोचें, मलाई कोरोना को दोस्रो भ्यारिएन्ट ले समात्यो। तर म स्वाब परीक्षण गर्न गइन। स्वाब परीक्षण को नतीजा माथी ७० प्रतिशत भन्दा धेरै विश्वास नगर्न विज्ञहरू ले नै भनिरहेको सुनी सुनी परीक्षण गराउनु को के औचित्य भयो र भन्ने लाग्यो। कोरोना भएको अवस्था मा पनि रेमडेसिभिर, सिटामोल जस्ता औषधि कै प्रयोग गरिने त हो। तर तिनबाट पनि राम्रो नतीजा प्राप्त भइरहेको समाचार सुनिदैन थियो। तेसैले अन्तरात्मा देखि विश्वास पनि थिएन। मैले कोरोना नै भएको भए पनि र नभएको भए पनि केही फरक नपर्ने निम्न किसिमको जीवनशैली अपनाउन थालें –
१. कालो चिया मा कागती निचरेर बनाएको लेमन टी पिउने । यसले मलाई सास फेर्न सँगसँगै छाती कक्रक्क परेको अवस्था बाट केही समय का लागि राहत दिएको महसूस भयो।
२. घर मै आइसोलेशन मा बस्ने । मास्क नलगाउने । घर बाट बाहिर निस्कँदा सफा हावा लिन का लागि बेला बेला मा नाक बाट मास्क तल सार्ने।
३. ज्वरो १०२ पुगुन्जेल शरीर को तापक्रम लाई नियन्त्रण गर्न नखोज्ने। १०२ भन्दा माथी पुग्न खोज्यो भने निधार, हत्केला र पैताला मा पानी पट्टी लगाउने तर सिटामोल खाई नहाल्ने सोच बनाएँ। किनकि ज्वरो पनि शरीर को प्रतिरक्षा प्रणाली कै एउटा हतियार हो भन्ने मलाई लाग्यो।
४. थोरै नून हालेको बेसार पानी पिउने। कागती निचरेको कालो चिया पिएको केही समय पछि बेसार पानी पिएको छू।
५. गुडूची बिहान २ क्याप्सुल र बेलुका २ क्याप्सुल, खाली पेट मा । गुडूची अर्थात् गुर्जो । ताजा पाइने ठाउँ मा ताजै खानु बेश हुन्छ होला।
६ तातो पानी को बाफ लिँदा पनि सास फेर्न र छाती खुल्न मद्दत भएको अनुभव भएको छ। दिन मा तीन चोटि बाफ लिने गरेको छू।
७. टाउको बाहेक बाँकी जिऊ मा सहन सकिने तातो पानी ले नुहाउने गरेको छू।
८. काँचो नरिवल को पानी पनि लाभदायक हुन्छ भन्ने सुनेकाले आज सो को खोजी गर्ने योजना बनाएको छू।
९. भान्सा मा लसून, अदुवा, ज्वानो, मरीच आदि हाम्रा घरेलु मरमसलाहरूको प्रयोग मा जोड दिएको छू।