हराएकी प्रेमिका : बिष्णु मिजार

चौतारा:

एकाविहानै उनको फोन आयो । र भनिन के गर्दै ?
मःकफि पिउँदै छु ।
उनीः मलाई नदिने ?
मः नाई , जिस्किदै भने ।
उनीः कस्तो छुच्चो है हजुर त ।
मः एउटा किस देउ न त ?
उनीः उम म्वा,,,,। अब मलाई कफि त दिनुहुन्छ होला नि?
मः आहा! कस्तो मिठो । रियलमा कहिले दिने ।
उनिः उमममम,,,भन्दै टारिन।
अनि अहिले फोन राख्छु है हजुरको अफिस जान ढिलो होला नि म सङ्ग गफमा भुलिदा भनेर फोन राखिन । तर अझै मलाई उनी सङ्ग जिस्कन पुगेको थिएन र पनि मन नहुदा नहुदै हुन्छ बाई भने।म पनि खाना खाएर अफिस तिर लागे।बिहानीको समयमा उनले फोनबाटै दिएको किसले दिनभर शरिरमा छुट्टै उर्जा मिलेको आभास भयो ।आजकल मेरो मुहार हेरेर घरमा, साथीहरू ,अनि अफिसमा प्रश्न गर्न थालेका थिए । के हो आजकल त खुब फुरुङग देखिन्छस नि ? केही होईन भनेर टार्थे । म आफ्ना कुरा हतपत अरुलाई भन्न रुचाउँदिन । झन माया प्रेमका कुरा त कसैलाई खोल्नु हुदैन् भन्ने लाग्थ्यो । एक जना म्याडमले अफिसमा थाहानै पाएझै प्रश्न गर्नु भयो के हो माया प्रेमको जालमा पर्नु भयो कि के हो सर? अफिसमा नि यस्तो कुरा गर्ने हो र म्याडम भने पछि । अ त साच्चै भनेर आफ्नो काम तिर लाग्नु भयो ।
लकडाउनका कारण आजभोलि हाम्रो भेट अनलाइन मा प्रसस्त हुन थालेका छन । बिहान एक पटक उनी सङ्ग बोल्नै पर्थाे यदि मैले बिहान कल गरिन भने मैले उनको बोलि सुन्न १ हप्ता समय लगाउनु पर्थाे किनकि उनको सर्त भनेको बिहान कल गर्ने पालो मेरो अनि बेलुका उनको मैले कल नगरे उनलाई निउ नै त्यही हुन्थ्यो भने उनले मलाई कल नगर्दा चाहिँ पछि म नै गर्दथ्थे। अनि सुरु हुन्थ्यो रङ्गिन कुराकानी , समय गएको पत्तै नहुने।
कोभिड मात्रै कहाँ हो र बन्दा बन्दी पनि हाम्रो फक्राउन लागेको प्रेममा बाधाको रुपमा देखा परेको छ र त भर्चुअल माध्यम बाट हृदयको अर्गानिक प्रेम दर्शाउनुछ।पोख्नुछ च्याटका पानाभरी अतृप्त असिमित मायाका छालहरु।स्पर्श छैन केबल अनुभूत छ। सामिप्यता छैन केबल सम्झना छ।त्यही टिप्न नमिल्ने भिडियो कल मा देखिने आकृती अर्को भेट नहुदा सम्म रहिरहन्छ। त्यही आवाज गुन्जिरहन्छ। आशा।सपना। आखिर त्यही भित्र रुमल्लिएको त रहेछ प्रेम
यसरी नै दिनहरु रमाइलो सँग बित्न थालेका थिए। हामी दुईको सामिप्यता बढ्दै गयो । भेटने र नजिक हुने बाहानाहरु खोजी रह्यौँ ।बन्दा बन्दी भए ता पनि भेट्ने हो भने पनि हामीलाई गाह्रो थिएन किनकि कार्य क्षेत्र नजिक नजिक नै थियो ।दुवै सरकारि जागिरे उनी स्वास्थ तथा जनसंख्या मन्त्रालय अनि म युवा तथा खेलकुद मन्त्रालय। कोरोना बढेकाले उनको डिय्ुटि बढी नै थियो भने मेरो त हप्तामा जम्मा ३ दिन मात्रै गए पनि पुग्ने थियोे ।भेट्ने हो भने पनि मिल्थ्थो तर उनी आफ्नो काम र कर्तव्य प्रति बफादार थिइन् र म पनि त्यसकारण भेट नभए पनि डिजिटल माध्यम बाट दुवैजना प्रेमी तथा प्रमीका टाढा रहेर प्यासी बनेका एक जोडी नयाँ संसारमा रमाइरहेँ । नयाँ नयाँ सपना बुनिरहेँ ।

एक दिन बेलुका डायरी मा केही लेख्दै गर्दा फुरेका केही शब्दहरु उनलाई सुनाउन ती शब्दहरु म्यासेजमा टाइप गर्न थाले – प्रेम चुम्बक जस्तो हुन्छ, यसले जो जसलाई नि तान्दैन। चुम्बकमा जस्तो समान धुर्वमा विकर्षण भने जस्तै प्रेममा पनि विपरित धुर्वमा आकर्षण हुन्छ। प्रेम अट्टेरी हुन्छ, डराउदैन। प्रेम ज्वाला हो दन्किन्छ। प्रेम सुरुमा गरिन्छ पछि आफै हुन्छ। प्रेममा वासना हुन्छ, वासना अनेकन फ्लेवरका हुन्छन। वासना मिल्दैमा प्रेम हुन्न फ्लेवर पनि मिल्न जरुरी हुन्छ।“ लेखी पठाए
उनीः खुब गफ दिने हुनु भएको छ है?
मः सङ्गत कसको ?
उनीः अस्ति सम्म माया प्रेम भन्ने शब्द सुन्न नचाहनेले आज कसरी मलाई यो कुरा गरिरहनु भएको छ?
मः फेरि टाङप गर्न थाले, माया भाव हो । यो पग्लिन्छ र जम्छ पनि। माया पुर्वनिर्धारित हुन्छ र अजम्बरी पनि । गर्छु भनेर गरिदैन माया, माया आफै हुन्छ। माया मागेर पाउने चिज हैन, दिन्छु भनेर दिन मिल्ने पनि हैन। माया हावा हो, यो बहन्छ। माया छाल हो, यो छचल्किन्छ। मायामा स्वार्थ कहिल्यै मिसिदैन तर मायामा दया मिसिन्छ। मायाले लिङ्ग छुट्याउदैन न त जात। मायाको कुनै छुट्टै धर्म हुदैन हुन्छ त केवल मानवता। मानवता नै धर्म हो भन्छ मायाले।
उनीः खुब माया प्रेमको कुरा गर्नु हुने हुनुभएको छ है यस्तो कुरा भेटेर गरौन हुन्न ?
मः भेट्न त मन लाग्छ नि तर कोरोनाले हाम्रो भेट गराउने छाटकाट अझै २ महिना पछि धकेल्न अवश्य देखिन्छ तिमीलाई त्यो लाग्दैन र?
उनी ः लाग्छ नि हजुरलाई मन छ भने भेट्न नसकिने हो र? अफिस छुटिट् भए पछि भेटम न त ?
मः मन त कहाँ नभएको हो र तर पनि तिमी काममा व्यस्त छौ अनि म पनि त्यसै पनि यस्तो महामारीको बेला किन भेटि हाल्नु भनेर हो ।
उनीः उम् त्यो पनि हो, ठिकै छ नि अब पछि भेटौला अहिले म खाना पकाउन लागे भोलि कुरा गरौला ।बाई
मः हस बाई
उनलाई भन्न नसकेका उकुस मुकुस भएर बसेका मनका भावनाहरु मैले केही शब्दहरु डायरी मा लेख्न थाले –अहिले नभेट्दा पनि दुखि भने छैन किनकि बिहान बेलुका हुने फोन गफ म्यासेज र च्याट गफले खुसी नै छु । खुशी पनि त जीवनको अर्काे पाटो हो । जुन देखि तिमीसङ्ग कुरा हुन थालेको छ त्यस दिन देखि म पनि खुशी छु । माया प्रेमका कुरा साटा साट हुन थालेका छन् कहाँ माया प्रेमको मात्रै हो र भविष्य अनि छोरा छोरि को नामको बारेमा समेत कुरा हुन थालेको छ अचेल त। घुमाउरो पारामा उनी मलाई अनेक कुरा गरेर मेरो जिवनलाई रङ्गिन बनाएकि छिन। अनि कहिलेकाही त कल्पना गर्छु उनले अङगालोमा बेरेर चुम्बन गरेको । यि र यस्तै कल्पनाहरु ले सब चिजहरुमा आजभोलि आनन्द भेट्न थालेको छु । उनी सङ्ग तिता मिठा गफ गर्दा मन हलुङ्गो हुन्थ्यो ।सायद उनी पनि त्यही महशुस गर्थिन होला। हामी बिचको मित्रता झागिदै जादा बिस्तार बिस्तारै उनी प्रतिको आकर्षण पनि बढ्दै थियो ।एक ले अर्को लाई कहिले पनि ष् यिखभ थयग नभने ता पनि हामी बिचको सम्बन्ध निकै अगाडि बढिसकेको थियो ।
यसरी नै दिनहरु बितिरहेका थिए कहिले रमाइलो गफगाफ त कहिले गम्भीर गफ गर्दै ।यसरी नै बेलुका कुरा गर्दै जादा एक एक गर्दै उनले प्रश्न माथि प्रश्न गर्न थालिन।के हजुर मलाई साच्चै माया गर्नुहुन्छ र?
मः (उनको यो घुमाउरो प्रश्न लाई चिन्तन गर्दै म्यासेज टाइप गर्न थाले) म प्रेम गर्छु किमार्थ भन्न सक्दिन।किनकि भनाईले प्रेम दर्शाउदैन। बरु यो भन्छु कि– म तिमिलाई प्रेम को महशुस गराउनेछु। आखिर प्रेम मलाई अमुर्त लाग्छ।गहिरिएर सोच्ने हो भने ठ्याक्कै गणितको सुत्र वा बिज्ञान को नियम जस्तो एउटै बिस्वब्यापी परिभाषा भेट्दिन म। आकर्षण लाई प्रेम ठानेर भ्रमित मस्तिष्कहरु दौडन्छन अर्थ हिन यात्रामा। फगत को दौडाई ले थकित भै उत्तार्धामा आफ्नै बेहोसिपन सङ झोक्किन्छ्न। तिमी अहिल्यै नै सजग हुनु कि तिम्रो यो आकर्षण हो या प्रेम?
उनीः भो मलाई यतिको कुरा बुझ्नु छैन ।
मः किन?
किन भन्ने कुरालाई व्यवस्ता गर्दै ,उनीः हजुर के चाहनु हुन्छ र?
मः म चाहन्छु मलाई तिम्रो स्वरुपसँग हैन, तिम्रो आत्मासँग प्रेम होस्, तिम्रो नयनसँग हैन, तिम्रो दृष्टिकोणसँग प्रेम होस्, तिम्रो ओठसँग हैन, तिम्रो मुस्कानसँग प्रेम होस्। मलाई तिम्रो स्पर्शसँग हैन तिम्रो कोमलतासँग प्रेम होस्।तिमी व्यस्त रहनु तर व्यस्ततामा पनि “म तिमीलाई सम्झिरहेको छु” भनिदियौ भने म पक्कै खुसीले उफ्रिनेछु।मलाई खुसी हुन ठूला कारण चाहिँदैन। म साना कुरामा नै रमाउँछु। म दुःखी भएकी छु भने तिमी मेरा हातसमाई निधारमा चुमिदिनु।साच्चै भने म यहीँ चाहन्छु।

म यतिमा मात्रै कहाँ रोकिएर अझै भन्न थाले,“प्रेम– खहरेमा उर्लने भेल हैन,यो त एक विशाल नदी हो जहाकक हजारौकक करोडौकक माछाहरु अनन्तकाल सम्म पौडीरहन्छन् रमी रहन्छन् अनि जिवन जिऊन कुरहरु बनाई रहन्छन्! प्रेम बगैककचामा रोपेको एक सुन्दर फूलहो जसलाई फूलाई रहन गोडमेल रेखदेख त नजिकबाट उसको हेरचाह आवश्यक छ ! प्रेम ति छितिजमा देखिएका विशाल खुला ति निला गगन झैकक उदार हुन्छ जो हृदयमा वस्छ त सककशारका कुनै कुनामा पनि आफ्नो बनि हृदयमा बगीरहन्छ बगीरहन्छ ! प्रेम एउटा अमिट छाप हो जो दुई मुटु एक बनि जिवन जिउन तत्पर हुन्छन् त पण्डीत बाजेका ति सात फन्का सककगै भविष्यका निम्ति छाप लागी समाजमा उदाहरण बनी दौडीरहन्छन् चलीरहन्छन् ! प्रेम ति कोरा कागजमा लेखिएका तिन अक्षर भन्दा भिन्न हो, जो पहिले आकर्षण,अपनत्व त्याग हुककदै जिवन बन्छ !“
उनीः हजुर कुन प्रेमको कुरा गरिरहनु भएको छ ?
मः म उनको म्यासेज ले जसङ्ग भए, कस्तो साझि भएर सोधिरहेकि छिन् , अनि टाइप गर्न थाले– कुन प्रेम कस्तो प्रेम त्यो त थाहा छैन तर यति भन्छु प्रेम त्यही हो जसलाई मैले हृदयवाट बुजेको छु अनि जिवन्त बुजीरहनेछु–अपनाईरहनेछु त म ति विशाल सागरमा पौडिन तिमी सङै सपना देखीरहनेछु–देखीरहनेछु!हो म यही प्रेमको कुरा गरिरहेको छु ।
मेरो यति लामो म्यासेज देखेर, भो यति भावनामा पनि नडुब्नु भनेर उनको रिप्लाई आयो।
म अक्क न वक्क परे होइन के भनेकि यिन ले सोच्दा न सोच्दै फेरि अर्को म्यासेज आयो
यस्तै यस्तै गफ हुदै गर्दा उनले भनिन् ‘होइन, यो कोभिड–१९ को भाइरसले भन्दा पनि हजुरको प्रेमको भाइरसले पो मर्छु होला म त ।उनले प्रसङ्ग मोड्दै यो म्यासेज पठाइन।
मः अरे वा कति शक्ति छ है मेरो मायामा, मैले जिस्कदै भने।
उनीः हजुर त जे कुरा नि सामान्य रुपमा लिनुहुन्छ?
मः सरि नि त!
उनिः ल ल ! अब भोलि कुरा गरौला है म अब खाना बनाउन लागे।
मः हुन्छ ।

भोलि पल्ट बिहान उठेर म्यासेज गरे तर उनको रिप्लाई आएन , धेरै समय पर्खिरहे तर पनि रिप्लाई नआएपछि फोन गरे तर फोन अफ रहेछ। त्यो दिन देखि उनको ‘भिडियो कल’ भएन ,म्यासेज पनि आएन र फोन पनि लागेन। उनलाई अनलाइन आएको नि कहिले देखिन ।मोबाइल पनि अफ थियो कति कोसिस गरे पनि उनको त्यसपछिको अवस्था मैले थाहा पाउन सकिन।

बेलुका अफिस गएर रुम फर्कने बितिक्कै मैले फेसबुक स्क्रोल नगरेर मेसेन्जर अन गरें । दिमाग जता पुर्याए पनि उनको नाममा हरियो बत्ती बलेको र नबलेको कुरिबस्थें । ध्यानमा रहँदा पनि त्यही हरियो बत्ती देख्न थालेको थिएँ । उनले समय दिइनन् । अरू बेला ‘एक छिन पछि बोलुला नि? म्यासेज मा गफ गरुला नि ? भनेर चहारिरहने मन कतै शुन्यमा अडिएजस्तो भयो । विचार, मन सबै उसैमा गएर समर्पित भएपछि आँखा पनि टक्क अडिरहन सक्दोरहेछ । बल्ल महशुस हुदै छ।
अर्को दिन पनि म्यासेज पठाए रिप्लाई आएन फोन पनि गर्न खोजे अझै पनि मोबाइल अफ थियो । मन नहुदा नहुदै त्यो दिन नि अफिस चाडैं गए। मनमा छट्पटी सुरु भएको थियो अनेक कुरा खेल्न थालिसकेको थियोे , काममा त्यति ध्यान नै गएको थिएन ।हिजो अस्ति मुस्कानको राज के हो सर भनेर प्रश्न गर्ने अफिसका म्यामहरु पनि आजको मेरो मुहार र हाउभाउ देखेर हिजो आज के भयो सर ? भनेर भन्न थालिसकेका थिए।म सङ्ग म्याडमहरु को प्रश्नको उत्तर नै थिएन अझ भनम म नै के भईरहेको छ अनविज्ञ थिए।
मनमा कुरा खेलाउदै रुम फर्किए फेरि फोन गर्न खोजे अझै अफ रहेछ। मनमा कुरा खेलिरहेका नै थिए। भोक प्यास तिर्खा सबै हराइसकेका थिए। थकित महसुस गरेर सुत्न खोजे पनि सहजै निद्रा देवीले शरण लिईनन् । सिरानीमा राखेको मोबाइल निकाल्यो । सामाजिक संजालमा आखाँ डुलायो । लगत्तै मेसेन्जर खोल्यो । धेरै हरिया बत्तीहरु बीच उनलाई निहाल्यो । भेट्टाउन सकेन ।त्यसो त केहि दिन देखि मैले खोजेका बत्तीहरु हरिया देखिएका थिएनन् । नत मोबाइल नै अन थियो ।ओल्टे फेर्छु, कोल्टे फेर्छु, छट्पटाउछु र बेहोसीमै निदाउँछु । निद्रामै झसंग ब्युझिन्छु, सम्झीन्छु अनि फेरि उसै गरी निदाउने कोसिस गर्छु । रातभरी माया पलाउछ, कुराको बाढी आउछ तर कसलाई पोखौँ ? अचेल यसैगरी रात बितिरहेछ । सुत्दा होस्, कि ब्युझिँदा, खाँदा होस् कि पिउदा, घुम्दा होस् कि काम गर्दा । पलपल उनकै यादले सताईरहेछ । उनकै बोली, उनकै हाँसो, उनकै त्यो रुप मेरो मानसपतलमा सलबलाईरहन्छ धन्यबाद!!