मुक्तक-पिन्जडाको सुगाजस्तो छ चेलीको जिन्दगी

मुक्तक;
न त कुनै आलिशान दरबार चाहियो
न त मुटुरेट्न धारिलो तरबार चाहियो
अब विवाह गरौं आँट गर प्रिय तिमी
मलाईअब तिम्रो नाउँको घरबार चाहियो

छोरी मान्छे पराई घर जानै पर्ने आफ्नो दरबार छोडेर
बनिसकेको सुनौलो आफ्नै दुनियाँ को घरबार छोडेर
अब फेरि कोई एकको घरगएर बृहत दरबार बनाउनु छ
जानै पर्छ जत्ति नै गरे पनि माईतीघरको दरबार छोडेर

जाँदा पराईको आँगन माईतीघर सम्झिएर आँसु आउँछ
मेरो हरेक कुरामा साथदिने माईतीघर सम्झिएर आँसु आउँछ
के गर्नु पिन्जडाको सुगाजस्तो छ चेलीको जिन्दगी यहाँ
पाउ पुजेर कुश र तीलले बिदागर्ने माईतीघर सम्झिएर आँसु आउँछ

रस्मिला खत्री ,सानोसिरुवारि-७