गजल – रमेश श्रेष्ठ (विरही)

रमेश श्रेष्ठ (विरही)

रमेश श्रेष्ठ (विरही)-

भ्रष्टाचार गर्नेले पनि अवसर त पाईरहनु पर्छ,

सरकार यसर्थ पनि सूचना दबाईरहनु पर्छ।

 

के खाउन खानेहरुलाई पनि स्रोत चाहिन्छ,

त्यसैले त अझै बढि कर उठाईरहनु पर्छ।

 

करमै बाँचेका छन् सत्तामा जानेहरु नत्र कसरी बाचुन्,

घुसखोरी गरेरै भए पनि कार्यकर्ता त फकाईरहनु पर्छ।

 

सम्पत्ति देखाएर पो के गर्नु निराधार भएपछी,

तिन तोला सुन देखएरै भएपनी लुकाईरहनु पर्छ।

 

देशको विकास गरेर के हुन्छ कमिसन रोकिए पछि,

देश बेचेरै भए पनि छिमेकीलाई शिर झुकाईरहनु पर्छ।