पाँचवटा महिला सहकारी संस्थाहरु मर्ज हुँदै

पाँचवटा महिला सहकारी संस्थाहरु मर्ज हुँदै

चौतारा/ सिन्धुपाल्चोकको चौतारामा कार्यरत महिला सहकारी संस्थाहरुलाई मर्ज गरी आगामी दिनमा प्रभावकारी सेवा उपलव्ध गराउने विषयमा सहमती भएको छ ।
चौतारामा आयोजित दुई दिने कार्यक्रम पछि सम्बन्धित महिला सहकारी संस्थाका प्रतिनिधिहरुले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
समझदारी पत्रमा वनदेवी महिला सहकारी संस्थाकी अध्यक्ष कुन्ती श्रेष्ठ, कुन्फेन कृषि सहकारी संस्थाकी अध्यक्ष पानमाया तामाङ, सयपत्री महिला सहकारी संस्थाकी अध्यक्ष गंगा लामिछाने र चेतना मातृशिशु तथा बचत सहकारी संस्थाकी सचिव रोजिना घतानीले हस्ताक्षर गरेका छन्।
कार्यक्रम महिला बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा सम्पन्न भएको सोही संस्थाकी सचिव रिना श्रेष्ठले बताउनु भएको छ ।
आर्थिक रुपमा सवल र पेशा व्यवसायमा महिला प्रभाकारिता वढाउने उद्देश्यले महिला सहकारी संस्थाहरु मर्ज हुने भएको वनदेवीकी उपाध्यक्ष शान्ति थिङले जानकारी दिनु भएको छ ।पाँचवटा महिला सहकारी संस्थाहरु मर्ज हुँदै
दुइ दिने कार्यक्रमको सहजीकरण ज्योति मिर्मिरे सामुदायिका साकोसका कार्यकारी निर्देशक गोपाल दाहालले गर्नु भएको थियो । सहकारी नै महिलाहरुको सशक्तिकरणका माध्यम भएको हुँदा सहकारीलाई मर्ज गरी अघि बढ्नु पर्ने साथै महिलाहरुका हरेक समस्या समाधान गर्ने माध्यम सहकारी हुनु पर्ने प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका उप-मेयर जानुका पराजुलीले बताउनु भयो । त्यसै गरी दोहोरो सदस्यता रहेमा सहकारीको ऐन, नियम बमोजिम जरिवाना तिर्नु पर्ने भएको हुँदा अनिवार्य मर्जमा जानु पर्ने वडा नं. ५ का अध्यक्ष नरमान श्रेष्ठले वताउनु भयो। कार्यक्रममा महिला बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्षले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिनु भयो । उक्त कार्यक्रम महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्री शोभा उलकको अध्यक्षतामा सम्पन्न भएको थियो । सिन्धुपाल्चोकको चौतारामा कार्यरत महिला सहकारी संस्थाहरुलाई मर्ज गरी आगामी दिनमा प्रभावकारी सेवा उपलव्ध गराउने विषयमा सहमती भएको छ ।