भब्य रुपमा वाइसिएल प्रथम जुगल गाउँपालिका स्तरीय सम्मेलन तथा पार्टी उदघाटन कार्यक्रम सम्पन्न

जुगल:योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) प्रथम जुगल गाउँपालिका स्तरीय भेला तथा पार्टी उदघाटन कार्यक्रम सम्पन्न भएको छ

योङ्ग कम्युनिष्ट लिग(वाइसिएल) प्रथम जुगल गाउँपालिका स्तरीय भेलामा राष्ट्रिय युवा संघ जुगल गाउँपालिका संयोजक फूल काजी स्याङ्बो (वानपिस)को सभापतित्वमा माओवादी केन्द्र का केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध)को प्रमूख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।

जुगल गाउँपालिका ढाडेमा माओवादी केन्द्रका पार्टीको ब्यानर राखेर उदघाटन गरेका छन्।

 

सापकोटाले अब युवाहरु सबैलाई साथ सहयोग सधैं युवाहरु सँग छलफल गरेर अघि बढ्ने प्रतिबद्धता गर्नु भएको छ।

नेकपा माओवादी केन्द्रलाई २०६४ सालकै अवस्थामा फर्काउनका लागि सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकजुट भएर लाग्ने र प्रत्येक जनवर्गिय संगठन तथा पार्टीका सवै वडा कमिटि वैठक बस्ने गरी कार्ययोजना समेत बनाएर अघि बढ्न आग्रह समेत गर्नु भएको छ।

उक्त कार्यक्रममा विभिन्न पाटी परित्याग गरि माओवादी केन्दमा २० जना युवाहरू प्रवेश गरेका छन्।

उक्त कार्यक्रममा प्रमूख अतिथि केन्द्रीय सदस्य माधव सापकोटा (सुबोध) विशेष अतिथि माओवादी केन्द्रका जिल्ला पाटी सदस्य उजार्सिङ तामाङ समर पालिका इन्चार्ज पदम बहादुर श्रेष्ठ,जिल्ला सदस्य रेशम स्याङबो,चन्द्र श्रेष्ठ , गोपाल श्रेष्ठ, ईश्वर गुभाजु, चीनलालश्रेष्ठ,विद्यार्थी नेता ,योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)का नेता कार्यकर्ता उपस्थितिमा भब्य रुपमा कार्यक्रम सम्पन्न भएको छ।