२०८० चैत्र १६

शिक्षा र स्वास्थ्य लाई नगरपालिकाले प्राथमिकता दिएको छ : प्रमुख आइतमान तामाङ्

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ्ले शिक्षा र स्वास्थ्य लाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले नगरपालिकाको आगामी योजनमा पुर्वाधार संगै शिक्षा र स्वास्थ्यलाई पनि महत्वपूर्ण स्थानमा राखेको बताउनुभयो । मेलम्ची नगरपालिका वडा नम्बर १० शिखरपुर स्थित शितला देवि माध्यमिक विद्यालयको ६२ औँ बार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङ्ले आफ्नो नेतृत्वको टिमले शिक्षा क्षेत्रमा उल्लेख्य काम गरिरहेको उद्घोष गर्नुभयो ।

तामाङ्ले विद्यार्थीलाई दिवा खाजा,खेलकुदमा आबश्यक सामाग्री उपलब्ध गराउने जस्ता गतिविधिले बिद्यार्थीलाई बिद्यालयमा टिकाउने र सिक्ने क्षमताको विकासमा टेवा पुग्ने बिश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालयमा आवश्यक खेलकुद तथा स्टेस्नरी सामान उपलब्ध गराउने बताउनुभयो । कार्यक्रमका विशेष अतिथी एवम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले आफू कुरामा भन्दा काममा बिश्वास गर्ने भएकाले नतिजामा बढी जोड दिएको बताउनुभयो ।

उहाँले अन्य विकास निर्माणका काम जस्तै शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य काम गरिरहेको उपप्रमुख प्रधानको भनाइ छ । विद्यार्थी हरुलाई अनुशासन हुन आग्रह गर्दै प्रधानले आफ्ना नानीबाबुलाई पनि असल शिक्षा प्रदान गर्दै अनुशासित बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्न अभिभावक हरुलाइ आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्