२०८० चैत्र १५

मेलम्ची खानेपानी आयोजनाले जेठसम्म पानी वितरण गर्ने

सिन्धुपाल्चोक,२२ चैत

मेलम्ची खानेपानी आयोजनाले जेठसम्म पानी वितरण गर्ने भएको छ । गएको मङ्सिरबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पठाइरहेको आयोजनाले जेठ २० गतेसम्म पानी पठाउने भएको हो ।

जेठ २० अगावै मौसम पूर्वानुमान महाशाखाले वर्षायाम प्रवेश गरेको र बाढी पहिरोको जोखिम रहेको अनुमान गरे सोही समय आयोजनाले पानी वितरण रोक्ने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

गत वर्ष जेठ १९ गते पानी वितरण रोकेको थियो । यसअघि २०७७ साल चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रुपमा काठमाडौं उपत्यकामा वितरण गरिएको थियो ।

तर जेठ मसान्तमा मेलम्ची खोलामा आएको बाढी पहिरोले मुख्य सुरुङ बाहेकमा क्षति गरेपछि पानी वितरण रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्