जुगल २ गोल्चे बगरमा २८५७ औं (लाङ ल्हो) सोनाम ल्होछार कार्यक्रम सम्पन्न

 जुगल:तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ लाङ ल्हो सोनाम ल्होछारको अवसरमा गोल्चे बगरमा ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।

२८५७ लाङ ल्हो सोनाम ल्होछार बृहत संस्कृतिक कार्यक्रम गोल्चे भूमि परिवारको अध्यक्ष रविन स्याङबाेको अध्यक्षतामा सविधानसभा सदस्य तथा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङकाे प्रमूख आतिथ्यतामा मिति २०७७/१०/२३ गते  गोल्चे बगरमा सम्पन्न भएको छ।

‘साँस्कृतिक बिबिधता हाम्रो पहिचान, यसको प्रबर्द्धन र संरक्षण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ जुगल २ गोल्चे भुमे यूवापरिवार तथा स्थानिय युवाको आयोजनामा आज शुक्रबार उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा सविधानसभा सदस्य तथा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङले शुभकामना मन्तव्य राख्दै ल्होछार सबै नेपालीको पर्व भएको बताउँदै सबैले हर्षोललासका साथ मनाउनुपर्नेमा जोड दिनुभएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङ, विशेष अतिथि माधव सापकोटा (सुबोध), अतिथि जुगल गाउँपालिका नेकपा कमिटीका ईन्चार्ज जरा तामाङ् , नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष रेशम स्याङबाे जुगल २ का वडा अध्यक्ष प्रताप लामा, वडा ७ का वडा अध्यक्ष दिलकुमार लामा, वडा नं ४ का वडा अध्यक्ष प्रेम तामाङ,अनेरास्ववियू सिन्धुपालचोक संयोजक मिलन लामा, राष्टि्य युवा संघ जुगल गाउँपालिका संयोजक फूल काजी स्याङबाे (वानपिस)  कलाकार स्थानिय अभिभावक दिदि बहिनी दाजु भाई  लगायतको उपस्थितिमा कार्यक्रम सम्पन भयको छ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।