२०८१ बैशाख ७

नगरस्तरीय टेबलटेनिस प्रतियोगितामा मिलन लामा विजयी

चौतारा ,११ फागुन

सिन्धुपाल्चोकको चौतारासँगाचोकगढी नगरपालिकामा भएको नगरस्तरीय टेबलटेनिस प्रतियोगितामा मिलन लामा विजयी हुनुभएको छ ।
बिहिबार नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस ईकाइले आयोजनामा गरेको नगरस्तरीय खुल्ला एकल टेबलटेनिस प्रतियोगितामा लामा विजयी हुनुभएको हो ।

बिजेता लामाले नगद ५ हजार पुरस्कार पाउँनुभएको छ । यस्तै प्रतियोगितामा अमोद साही दोस्रो र नबिन थापा तेस्रो भएका छन् । प्रतियोगिता बुधबार र बिहिबार सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्