आज एङ्गेल्सको २०० औं जन्मजयन्ती – तिनै महामानव एङ्गेल्सलाई हार्दिक श्रद्धाञ्जली

फ्रेडरिक एङ्गेल्स ९नोभेम्बर २८, १८२० ( अगस्त ५, १८९५० जर्मनीको राइन जिल्लाको बारमेन उप्परताल सहरमा २०० वर्ष पहिला आजकै दिन जन्मेका थिए । शालीन र शिक्षित एङ्गेल्सले कार्ल माक्र्ससँग मिलेर विश्वका शोषितपीडित जनताका लगि जीवनभरि सहकार्य गरे ।

माक्र्स(एङ्गेल्सले विश्वमा पहिलोपल्ट उत्पादनको आधारमा इतिहासको विश्लेषण गरे । एङ्गेल्सले आफ्नो वैभवशाली जीवन त्यागेर माक्र्ससँगै इतिहास, दर्शन, अर्थशास्त्रको वैज्ञानिक व्याख्या गरे । एङ्गेल्स ३३ वर्षको हुँदा बेलायतमा उनको वार्षिक आय १,००० पाउन्ड थियो जबकी त्यसबेला एक बेलायती डाक्टरको वार्षिक आय २०० पाउन्ड, पुलिसको ५५ पाउन्ड र कृषि मजदुरको ३० पाउन्ड मात्र थियो । त्यसबखत सन १८५३ तिर बेलायतको म्यानचेस्टर सहरमा ३ पेन्समा मासुभात, सब्जी र बियर समेत टन्न खान पाइन्थ्यो । सबै सुखसुविधा त्यागेर एङ्गेल्स अध्ययन, अनुसन्धान साथै जनताको सेवा र कम्युनिस्ट आन्दोलनमा समर्पित भए ।


एङ्गेल्सको २०० औं जन्मजयन्ती विश्वभरका जनताहरूले कोरोना कहरको बेला सजगतासाथ जोगिएर मनाइरहेका छन् । उनको जन्म सहर जर्मनीको उप्परतालमा विशेष रूपमा मनाउने तयारी छ । यो कार्यक्रम नोभेम्बर २८, २०२० देखि नोभेम्बर २८, २०२१ सम्म मनाउने घोषणा गरिएको छ । उनको जन्मघर परिसरमा फूलबारी सजावट साथै २०० तस्बिरहरू प्रदर्शनमा राखिएका छन । माक्र्सको मृत्युपछि पनि एङ्गेल्सले माक्र्सका कृतिहरू प्रकाशित गर्ने निरन्तरता मात्र दिएनन माक्र्सवादको महानता बढाइरहे । तिनै महामानव एङ्गेल्सलाई हार्दिक श्रद्धाञ्जली ।