शिक्षा, उच्च शिक्षा र वैदेशिक शिक्षा

राजु श्रेष्ठ

राजु श्रेष्ठ-

प्राणी, जीवजन्तु र चरा चुरुङ्गीले आफ्ना सन्तानलाई मायाँ गर्दछन । सन्तानको रक्षा, हित र उन्नतीका लागि जस्तो सुकै कष्ट भोग्न पनि तयार हुन्छन । आफु भोकै बसेर पनि सन्तानको पेट भर्न सधैं तयार हुन्छन । मानिस प्राणीहरु मध्ये ईश्वरको उत्कृष्ट सिर्जना हो । अहिले मानिसले सन्तानको भरण पोषण र पेट भर्ने काम मात्र गरेर पुग्दैन । उस्ले सन्तानलाई उचित शिक्षा दिक्षा दिनु अभिभावकको पहिलो कर्तव्यनै हुन आउँछ । आज २१ औं शताव्दीको युगमा अभिभावकहरु आफ्ना सन्तानहरुलाई संसारकै उत्कृष्ट शिक्षा दिन चाहन्छन । सन्तानको शिक्षा दिक्षामा कुनै सम्झौता गर्न चाहँदैनन । हरेक सचेत अभिभावकको ईच्छा सन्तानले गुणस्तरिय शिक्षा हासिल गरोस भन्ने हुन्छ । आफ्ना सन्तानको उज्वल भविश्यका लागि आफु खाई नखाई गाँस काटेर भए पनि लगानी गर्दछन । वास्तवमा शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गर्नु सरकारको दायित्व हो । हरेक देशका सरकारहरुले नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीका लागि केही न केही त गरेकै हुन्छन । मुलुकको आर्थिक क्षमता अनुसार नागरिकहरुलाई सेवा सुविधा प्रदान गर्ने काम सरकारहरुले गरेको पाईन्छ । उच्च शिक्षा अध्यायन गर्न नेपालका दश जोड २ पिँढी मध्ये अधिकाँशको रोजाई उच्च शिक्षा अध्यायनका लागि विदेश जाने भेटिएको छ । विद्यालय तहको पढाई सक्ने वित्तिक्कै कन्सल्टेन्सीहरुको र विदेशी विश्व विद्यालयहरुको आकर्षक विज्ञापनमा हाम्रा नानी वावुहरु जानी नजानीकन नजिकिई सकेको हुन्छ । नीजि विद्यालयवाट माध्यामिक तहको अध्यायन पुरा गरेका अधिकाँश विद्यार्थीहरुको उद्देश्य थप अध्यायनका लागि आकर्षक मुलुकमा जाने हुन्छ । आजको विश्व एक ध्रुविय र प्रतिस्पर्धात्मक वन्दै गएको छ । उच्च गुणस्तरको शिक्षाले मात्र सक्षम, सीपयुक्त, विवेकी ज्ञानी, प्रतिस्पर्धी, योग्य र सफल नागरिक वनाउन सक्षम हुने कुरामा दुईमत छैन । व्यावहारिक शिक्षाले जीवन जीउने सीप प्रदान गर्दछ । शैद्धान्तिक ज्ञानले शिक्षित त वनाउँदछ । ज्ञानी र विवेकी वनाउँदैन । अवको आवश्यकता भनेको शैद्धान्तिक ज्ञान संग संगै व्यावहारिक सीप योग्य, विवेकी र प्रतिस्पर्धी वनाउनु पनि हो । सवै अभिभावकहरुको चाहना आफ्नो सन्ततीको उज्वल र सुनिश्चित भविश्यको लागि उपलव्ध भए सम्म गुणस्तरिय शिक्षा दिने र सो को लागि आवश्यक वातावरण तयार गरी दिने पनि हो ।
अवका अभिभावकहरु मार्ग दर्शक नभईकन उत्प्रेरक र सहजकर्ताको भूमिकामा रुपान्तरित भएको छ । आफ्ना सन्तानहरुको अवस्था, रुचि, चाहना, क्षमता अनुसारको लक्ष्य हासिल गर्नका लागि उपयुक्त वातावरण निर्माण गरिदिने दायित्व अभिभावकहरुको हो ।
हाम्रो देशमा शिक्षाको विकास ढिलो गरी सुरु भएता पनि प्रजातन्त्र पूर्न-वहाली पश्चात शिक्षा क्षेत्रको विकासमा उल्लेखनीय प्रगती भएको पाईन्छ । लोकतन्त्रको स्थापना पश्चात सरकारहरुले लिएको उदार नीतिका कारण शैक्षिक क्षेत्रमा लगानी बढन गई नीजि क्षेत्रको समेत सहभागितामा शिक्षा क्षेत्रको विकास द्रुत गतिमा भएको पाईन्छ । हाम्रो देशका विद्यार्थीहरुले पनि स्वदेशको उत्कृष्ट शिक्षाका साथ साथै विदेशी प्रतिष्ठित विश्व विद्यालयहरुमा समेत गएर शिक्षा आर्जन गर्ने क्रममा पनि वृद्धि भएको पाईन्छ । हाल अधिकाँश नेपाली विद्यार्थीहरुले अमेरिका, वेलायत, क्यानडा, अष्टे«लिया लगायत विश्वका उत्कृष्ट विश्व विद्यालयमा गएर उच्च गुणस्तरिय शिक्षा आर्जन गर्ने चाहना गरेको पाईन्छ । प्रत्येक वर्ष हजारौं विद्याथीहरु उच्च शिक्षा अध्ययन गर्नका लागि मुलुक वाहिर जाने गरेको पाईन्छ । कतिपय विद्यार्थीहरुले सरकारी छात्रवृत्तीमा अध्यायन गर्ने अवसर पाएका हुन्छन । कतिपय विद्यार्थीहरुले नीजि खर्चमा अध्यायनका लागि विदेश जाने गरेको पाईन्छ । कतिपय विद्यार्थीहरु चाहिँ काम गर्दै खर्च व्यवस्थापन स्वयं गरेर पनि वैदेशिक अध्यायनलाई अगाडी बढाई रहेका हुन्छन । यस लेखमा वैदेशिक अध्यायनका लागि अमेरिका जाने विद्यार्थीहरुले अमेरिका पुगेर अध्यायन गर्ने क्रममा पूर्व तयारीको रुपमा ध्यान दिनु पर्ने केही विषयहरु चर्चा गरिएकोछ । अमेरीकामा मात्र संसारका उत्कृष्ट १० वटा विश्व विद्यालयहरु मध्ये ५ वटा रहेकाछन । सपनाको संसार, माहाँशक्ति राष्ट्र अमेरिकामा गएर प्रतिष्ठित विश्व विद्यालयको डिग्री हासिल गर्ने सपना जो कोहीको पनि हुने गर्दछ । अमेरिकामा अध्यायन गर्ने नेपाली विद्याथीहरुको संख्या उल्लेखनीय रहेको छ । अभिभावकहरु सन्तान संग संगै तर अदृश्य रुपमा सहयोग गर्नका लागि संधै तम्तयार भएर वस्नु पर्दछ । सन्ततीहरुले अभिभावकहरुको पद चिन्ह पछ्याउनु भन्दा पनि आफ्नो क्षमता, रुचि, बजारको आवश्यकता तथा भविश्यको सुनिश्चितता अनुरुप आफ्नो गन्तव्य आफै पहिचान गरेर अगाडी बढने समय आएको छ । अभिभावकहरुले सन्ततीहरुलाई संभव भए सम्म स्वदेशमा नै अध्यायन गरी देशको सेवा गर्दा उत्तम हुन्छ यदी रुचि अनुरुपको वातावरण र विषय स्वदेशमा उपलव्ध हुन नसकेको अवस्थामा वैदेशिक अध्ययनलाई रोज्नु समय सापेक्ष र सहि निर्णय हुन्छ भन्ने कुरा बुझाउन आवश्यक छ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीहरु विभिन्न मुलुकमा जाने गरेका छन । अमेरिका, अष्ट्रेलिया, क्यानाडा, युरोपेली मुलुकहरु, जापान, दक्षिण कोरिया, फिलिपिन्स, थाईलैण्ड, र सार्क मुलुकहरुमा भारत पाकिस्तान, वंगलादेश प्रमुख रहेका छन । धेरै सजो नेपाली विद्यार्थीहरुको रोजाई अमेरिका, अष्टे«लिया, क्यानाडा, र युरोपिय मुलुकहरु हुने गरेको छ । नेपाली विद्यार्थीहरु मुलत दुई कारणले गर्दा विदेशमा अध्यायन गर्न गएको पाईन्छ ।
क) स्वदेशमा रोजेको विषयमा अध्ययन गर्ने सुविधा र वातावरण उपलव्ध नहुनु ।
ख) विदेशमा नै गएर अध्ययन गर्ने तिव्र ईच्छा शक्तिको कारण ।
अमेरिका संसारकै शक्तिशाली र अत्यन्त धेरै संभावना युक्त मुलुक हो । सन् २०१९ को संसारका उत्कृष्ट १० विश्व विद्यालयहरु मध्ये World University Ranking उत्कृष्ट पहिलो दोश्रो तेस्रो र चौथो सहित ५ वटा अमेरिकामा नै रहेकाछन । अमेरिकाले उत्कृष्ट विद्यार्थीहरुलाइ F1, VISA दिएर अमेरिका प्रवेशको अनुमति दिने गरेको पाईन्छ । अमेरिका वहुधार्मिक, वहुसाँस्कृतिक, वहुसम्प्रदाय भएको मुलुक हो ।
F1, VISA पाउने आधारहरु:
१, अत्यन्त प्रतिभाशाली, उच्च शैक्षिक योग्यता भएको ।
२, तिक्ष्ण दिमाग भएको वा तत्कालै निर्णय गर्न सक्ने निर्णय क्षमता भएको ।
३, आर्थिक दृष्टिकोणले लगानी गर्न सक्ने सुनिश्चितता भएको ।
उच्च शैक्षिक योग्यता भएका विद्यार्थीको लागि अमेरिकामा प्रवेश पाउन सहज र सरल छ । विद्यार्थीको विश्व विद्यालय छनौट, विश्व विद्यालयले प्रदान गरेको I, 20  वाट यस्को मापन हुने गर्दछ ।
आर्थिक दृष्टिकोणले अत्यन्तै सक्षम विद्यार्थी जस्ले आवश्यकता अनुसार विश्व विद्यालयको फि तिर्न सामथ्र्य राख्दछ र आफ्नो व्यवस्थापन आफै गर्न सक्दछ वा सक्षम छ भने पनि प्रवेश अनुमति पाउन सक्दछ । नेपाली विद्यार्थीहरुको छनौटमा परेका गन्तव्य मुलकहरुको संख्या ६९ वटा रहेको छ । सन २०१९ मा कूल १३००० विद्यार्थी हरु उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको देखिन्छ । यसवाट अमेरिका र नेपालका नागरिक स्तमा नै सम्वन्ध विस्तार भएको देख्न सकिन्छ ।
अमेरिकामा अध्यायनार्थ जाने नेपाली विद्यार्थीहरुले स्मरण गर्नु पर्ने विषयहरुः
१, अमेरिकामा कुन देशवाट आएको भन्ने कुरा सोधिदैन । किनकी अमेरिकामा विश्वभरीका मानिसहरु वसोवास गर्दछन । त्याहाँ कुन समुदाय संग सम्वन्धित हुनु हुन्छ भन्ने विषयले महत्व राख्दछ ।
२, अमेरिकाको परिवार एकात्मक छ । १८ वर्ष पुगेका वयस्क सन्तानहरुले आफै घर परिवार त्यागेर जीवनको नयाँ यात्रा सुरु गर्ने गर्दछन । तसर्थ आफ्नो भविश्यको लागि योजना वनाउने र उक्त योजनालाई सफल वनाउने जिम्मा समेत व्यक्ति स्वयंको हुने गर्दछ ।
३, खानाको स्वादमा फरकपनाः नेपाली खानाको स्वादका पारखीहरुलाई अमेरिकाको खानामा आदत पर्न समय लाग्दछ । अमेरिकाको खानामा चिल्लो र गुलियोको मात्रा अधिक हुने गर्दछ । उदाहरणका लागि जापानका हरेक खानामा माछाको स्वाद भए जस्तै ।
४, प्रविधि मैत्री हुनु पर्नेः विज्ञान र प्रविधिले आज संसार भरीनै तहल्का मच्चाई रहेको छ । प्रविधि मैत्री वन्नु आजको अपरिहार्य आवश्यकता हो । किनमेल गर्दा होस वा कामको खोजी गर्दा होस, यातायातको साधन प्रयोग गर्दा प्रविधिको ज्ञान हुनु जरुरी छ ।
५,अंग्रेजी भाषामा दख्खलः सम्पर्क भाषा वा माध्यम भाषाको रुपमा हामि काहाँ पनि अंग्रेजी भाषाको प्रयोग बढदो छ । अमेरिका वहुभाषिक र वहु-साँस्कृतिक देश भएकोले एक समुदाय र अर्को समुदायको विचमा सम्पर्कको लागि अंग्रेजी भाषाको ज्ञान हुनु अत्यन्तै जरुरी रहेको छ । विश्वमा सर्वाधिक वोलिने भाषाको पहिलो नम्वरमा अंग्रेजी भाषा आउने गरेको छ । विश्वभरी करिव १ अर्व २७ करोड मानिसहरुले मातृ भाषाको रुपमा अंग्रेजी भाषा वोल्द छन । २ अर्व भन्दा बढि मानिसहरुले अंग्रेजी भाषा वोन्ने गरेका छन । अंग्रेजी पछि सर्वाधिक वोलिने अन्य भाषाहरुमा चाईनिज, हिन्दी, स्पेनिस, फ्रेन्च आदि रहेका छन ।
६, अमेरिकामा गोरा र अन्य जातीका मानिसहरुको विचमा विभेद फराकिलो रहेको छ । खास गरीकन काला जाती र अन्य मुलुकवाट आएकाहरु प्रति गरिने व्यवहार सन्तोषजनक रहेको छैन ।
७, कहिल्यै पनि घर परिवार नछोडेकाहरुको लागि अमेरिकामा घुलमिल हुन समय लाग्दछ । घर परिवारको यादले गर्दा कतिपय अवस्थामा तनाव समेत हुने गर्दछ ।
८, अमेरिकामा नजिकको र चिने जानेकै र आफ्नै समुदायका मानिसहरुवाट अ-सहयोग हुने गर्दछ ।
९, अमेरिकाको मौसमको कुनै भर हुँदैन । आज तापक्रम शुन्य भन्दा तल झर्ने भोलि ३५ देख ४० डिग्री पुग्ने गर्दछ । यसको लागि पूर्व तयारी आवश्यक पर्दछ । झोलामा न्यानो लुगा बोकेर हिँडनु आवश्यक हुन्छ ।
१०, यहाँको समुदाय कामको लागि मात्र सम्वन्ध राख्दछ । आज संगै खाएको, व्यावहारिक र पारिवारीक कुरा समेत गरेको मानिस भोलीवाटोमा भेटदा नवोलीकन हिँडदछ ।
११, अमेरिकामा फोन कल प्राय गरिदैन । काम पर्याे भने मेसेज मात्र गर्ने गरिन्छ ।
१२, भोलिको लागि भनेर वचत गर्ने गरिदैन । आज कमायो आजै खर्च गर्याे । भोलिको लागि फेरी कमाउन गयो ।
१३, अमेरिकामा दिन र रातको कुनै अन्तर नहुने गर्दछ । आफ्नो समय मिलाएर काम गर्ने र सुत्ने गर्नु पर्दछ । चौविसै घण्टा खुल्ला हुनु यहाँको विशेषता नै वनेको छ ।
१४, अमेरिकामा व्यापार वयावसाय प्रवद्र्धनका लागि प्राय सामाग्रीहरु नि:शुल्क वितरण गरि राखेको हुन्छ । जहाँ आवश्यकता र रुचि अनुसारका सामाग्रीहरु नि:शुल्क उपलव्ध हुने गर्दछ ।
१५, अमेरिका संसारमा नै धेरै खाना फाल्ने मुलुकमा पर्दछ । आवश्यकता भन्दा धेरै खाना तयार गर्ने र उपभोग हुन नसकेको खाना फाल्नु यहाँ सामान्य मानिन्छ । वस्तुको उपयोग गर्ने र मिल्काउने प्रवृत्ति यहाँ ज्यादा पाईन्छ ।
१६, अमेरिकामा जाडो मौसममा समय १ घण्टा अगाडी ल्याईन्छ र गर्मी मौसममा १ घण्टा पछाडी धकेलिन्छ । काम गर्ने समय एउटै हुन्छ मात्र समयलाई अगाडी पछाडी गरिन्छ ।

नोटः अमेरिकामा अध्ययन गर्ने विद्यार्थीहरुको भोगाईलाई आधार मानी लेखिएको ।