वाइवाको ‘परदेशी ज्यो ज्यो’ सार्वजनीक (भीडियोसहित)

चौतारा– तामाङ मौलिक गीतका सर्जक ज्ञानसिं वाईवा र चर्चित गायीका जितु लोप्चनको गीत ‘परदेशी ज्यो ज्यो’ सार्वजनीक भएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा जन्मिएका वाईवाले कोरोना भाइरस र परदेशीको पीडा समेटेर गीतको सिर्जना गरेका हुन् । संगीत गायक स्वयम्को रहेको छ । गीतको भीडियो समेत सार्वजनीक भएको छ । तामाङ भाषामा गाइएको गीतलाई नेपाली र अंग्रेजी दुवै भाषामा ‘सबटाइटल’ दिईएको छ ।
मौलिक गीत–संगीतको संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले यो गीत तयार पारिएको गायक ज्ञानसिंहले बताए । ‘विदेशमा रहँदा पाउने दुःख, ऋणको समस्या, दुःखले कमाएर पठाएको पैसा श्रीमतीले अन्यत्र खर्च गरी छोराछोरी विचल्लीमा पार्नेजस्ता विक्रितिलाई पनि गीतमार्फत व्यक्त गर्ने कोसिस गरेको छु’, गायक वाईवाले भने ।
गायक वाईवाको यसअघि डम्फुला चरी, बैरागी च्याङ्वा, सिन्धुली नाम्सा तथा ठूली कान्छीजस्ता चर्चित तामाङ गीतहरू बजारमा आइसकेको छ ।
हेर्नुस् भीडियोः