चार मौलिक भाषामा चौताराको गीत सार्वजनिक (भीडियोसहित)

चौतारा– चौतारा आसपासको मौलिक भाषा समेटी निर्माण गरिएको ‘हाम्रो चौतारा, प्यारो चौतारा’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतमा नेपाली, नेवारी, घले र तामाङ भाषा समेटिएको छ । चन्द्र सिं घले, आस्मान लोप्चन र दिपा महर्जनको स्वरमा रहेको सो गीतको रचना जीवन श्रेष्ठले गरेका हुन् । चौतारा आसपासमा छायाङ्कन गरिएको भीडियोमा समेत मौलिकतामा जोड दिईएको छ ।
‘हामीले आफ्नै ठाउँमा रहेको मौलिकतालाई गीत र भीडियोमा समेटेका छौं’, भिडियो निर्माण गरेका गायक एवम् संगीतकार चन्द्रसिं घलेले भने– ‘हाम्रो पहिचानको प्रबद्र्धन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को प्रबद्र्धन गर्न यसको निर्माण गरिएको हो ।’ निक्कै कम लागतमा निर्माण गरिएको भएपनि गीत र भीडियो उत्कृष्ट रहेको संगीत पारखीहरुले बताएका छन् ।
गीतको प्रवद्र्धनको लागि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ ले सहयोग गरेको निर्माण पक्षले जनाएको छ ।
हेर्नुस् भीडियो :